सवाल

तीन दिदीभाइको ‘त्रिकाया’, भन्छन्- अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्छौं

नेपालमा उत्पादित लुगाले स्वदेशमा मात्र होइन, विदेशमा पनि राम्रो बजार पाउन थालेको छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र प्रोत्साहन गर्ने धेयले युवा व्यवसायीहरू नेपालमै विभिन्न परिहन बनाउने उद्यममा लागेका छन्।

यस्तै उद्यमीको एक कम्पनी हो ‘त्रिकाया निटवेयर’।

६ वर्षअघि बजार प्रवेश गरेको त्रिकायाले कस्मिरी पस्मिना, ऊन र कटनको पहिरन उत्पादन गर्छ। यहाँको विशेष पहिरन हातले बुनेको लुगा हो।

त्रिकायाका सञ्चालक हुन् श्वेता तुलाधर, निकेश ताम्राकार र रोनेश तुलाधर।

श्वेताका अनुसार बजार प्रतिस्पर्धात्मक भएकाले नेपालमा बनेको लुगाले नेपालमै बजार पाउन मुस्किल छ। धेरै मानिसमा नेपाली लुगा गुणस्तरीय हुँदैन भन्ने धारणा पाइन्छ। मानिसहरूको यही धारणा चिर्ने र बुनेको लुगा प्रवर्द्धन गर्ने उद्देश्यले त्रिकाया स्थापना गरेको उनले बताइन्।

‘स्वदेशमा उत्पादित लुगाले पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने त्रिकायाले प्रमाणित गर्दैछ। यहाँ पाइने सबै लुगा गुणस्तरीय ऊन र कपडाको हुन्छ। फिनिसिङ पनि उत्कृष्ट हुन्छ,’ कम्पनीको इनोभेसन र डिजाइन विभाग सम्हालिरहेकी श्वेताले भनिन्।

trikaya-(3)-1698602766.jpg
trikaya-(7)-1698602768.jpg

तीन जनाको संयुक्त लगानीमा सञ्चालित त्रिकायाको सामाजिक सञ्जाल र ग्राहक व्यवस्थापनको जिम्मेवारी रोनेशले सम्हालेका छन्। उत्पादन र निगरानीको काम निकेशको जिम्मामा छ।

त्रिकाया निटवेयरका लुगा यसको आउटलेट (पसल) सँगै फेसबुक र इन्टाग्राम पेजमार्फत अर्डर गर्न सकिन्छ। कम्पनीले बालबालिका र वयस्कका लागि लुगा बनाउँछ। महिला र पुरूष दुवैका लागि। यसका मुख्य उत्पादन टिसर्ट, स्विटर, सल, खास्टो, पछ्यौरा, पन्चो, टोपी, गलबन्दी, पञ्जा, ज्याकेट लगायत हुन्। जाडो र गर्मी दुवै मौसमका लुगा पाइन्छ।

देशका मुख्य सहरहरूमा त्रिकायाका उत्पादन डेलिभरी हुन्छ। अमेरिकी, युरोपेली र अन्य केही अन्तर्राष्ट्रिय बजारमा पनि पुगेको छ।

यहाँ एक हजारदेखि १८ हजार रूपैयाँसम्मका पहिरन पाइन्छन्। गुणस्तरका आधारमा मूल्य निर्धारण गरिने रोनेशले बताए।

‘हामी उचित मूल्य राख्छौं। गुणस्तरमा सम्झौता गर्दैनौं यहाँबाट एकपटक लुगा किनेका ग्राहक फेरि आउँछन्,’ उनले भने, ‘नेपाली बजारमा पठाउने र निर्यात हुनेको गुणस्तर फरक हुँदैन।’

हाल कम्पनीमा सय जना कर्मचारी छन्। यीमध्ये ८५ जना कारखानामा र बाँकी आउटलेटहरूमा काम गर्छन्। यसको आउटलेट काठमाडौंको गैरीधारा र धरानको पुतलीलाइनमा छ। धरानको आउटलेट सुरू भएको करिब दुई महिना मात्र भयो।

‘हामी पूर्वी भेगमा बजार विस्तार गर्न चाहन्थ्यौं। त्यसमा सबैभन्दा पहिला धरान उपयुक्त लाग्यो,’ निकेशले भने।

काठमाडौं निवासी त्रिकायाका तीन जना सहकर्मी निकट पारिवारिक सम्बन्धका हुन्। आपसमा दिदीभाइ, दाजुभाइ साइनोका। श्वेता उमेरले ४० पुगिन् भने निकेश ३२ र रोनेश ३० वर्षका भए।

व्यवसायको प्रेरणा भने श्वेताका बुबा दीपकरत्नबाट पाएका हुन्।

श्वेताका बुबा दीपकरत्नले २०४२ सालमा नेपालमा ‘निटिङ एन्ड वुभिङ (बुनाइ)’ व्यवसाय सुरू गरेका थिए। उनले बुनाइको काममा दक्ष जनशक्ति उत्पादन गरे। कस्मिरी र ऊनको लुगाको बजार विस्तार गरे।

sujan

"Sujan: Web Developer from Gorkha, Nepal working as Freelancer."

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button