समाचार

पेट दुखेर अस्पताल गएकी बालिकको मृत्यु-

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिमा रहेको नगर अस्पताल तनावग्रष्त भएको छ । उपचारको लागि आएकी एक बालिकाको मृत्यु भएपछि घटना शंकास्पद रहेको भन्दै आफन्तले आक्रोश पोखेपछि अहिले अस्पताल तनावग्रष्त बनेको हो । 

नगरपालिकाको वडा नम्बर ११ निवासी १४ वर्षिया बिक्षया परियारको आज बिहान पाँच बजे अस्पतालमा मृत्यु भएको थियो । 

जानकारी अनुसार पेट दुखेपछि उनी उपचारको लागि आज बिहान अस्पताल पुगेकी थिईन । अस्पताल पुगेपछि उनीलाई करिब पौने पाँच बजे सुई लगाईएको थियो । सुई लगाएपछि बान्ता हुने र टाउको थप दुख्ने समस्या बढेको बताईएको छ । 

आफन्तहरुले गम्भिर अवस्थामा नरहेको बिरामीको उपचारमा लापरबाहि गरेर ज्यान गएको आरोप लगाएका छन् । 

बालिकाका बुवा आमा रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । छोरीको मृत्यु भएको खबर पछि आमा भारतबाट हिडेको भनिएको छ। । 

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button