“सन्दर्भ विद्यार्थीको औचित्य स्ववियुको
“सन्दर्भ विद्यार्थी को औचित्य स्ववियु को”
स्ववियु,स्वतन्त्र विद्यार्थी हरुको युनियन अर्थात २/२ भन्दा वढी विद्यार्थी सङ्ग्ठन हरु को अम्ब्रेला सङ्ग्ठन हो।क्याम्पस, महाविद्ध्यालयमा अध्यनरत स्नातक,स्नातकोत्तर विद्यार्थी ले निर्वाचन मार्फत चुनिने नेर्तित्व नै स्वबियु हो।यसलाई मिनि संसद को रुपमा हेरिन्छ।भने महाविद्द्यालय लघु समाज कै रुपमा चिनिने भएकोले स्ववियु को गरिमा बढेको छ।
विद्यार्थी आन्दोलन को एक महत्वपूर्ण उपलब्धि का रुपमा लिइने स्ववियु निर्वाचन नभएको निकै लामो समय भैसकेको छ।एकातिर मिनि संसद को रुपमा हेरिने स्ववियु निर्वाचन अनिश्चितताले सिङ्गो विद्यार्थी सङ्ग्ठनहरु को भविष्य मा अन्योलता देखिएको छ।
भने,अर्को तर्फ विद्यार्थी को सन्दर्भमा स्ववियु को औचित्य र सान्दर्भिकता केहो? सङ्गसङ्गै अवको विद्यार्थी राजनिती को आवश्यकता के कति छ।भनेर अहिले प्रश्न उठिराखेका छन।के यसको पछाडि सृजनात्मक भन्दा ध्वङ्सात्मक क्षेत्रमा यस्को प्रतिस्पर्धा वढी छ।
संवत: २०४६अगाडि पन्चायती व्यवस्थामा प्रतिवन्धित रहेको सन्दर्भमा राजनैतिक दलले आफ्नो विचार र दृस्ठिकोण समाजमा लैजाने माध्यम विद्यार्थी राजनिती थियो।जयन्तु सस्कृत आन्दोलनले आरम्भ गरेको विद्यार्थी आन्दोलन २००७ सालमा राना विरोधी आन्दोलनको नेर्तित्व गर्दै वलिदानी भूमिका निर्वाह गर्यो।बनारसमा पढिरहेका नेपाली विद्यार्थी हरु दोस्रो विस्वयुद्द पछि आएको उपनिवेशिकरन र साम्राज्यवाद विरोधी र लोकतन्त्र को युग चेतना को कारण नेपाली जनता मा आधारित राजनितीक विकास र राना शाही को अन्त्यको आन्दोलन गरे।
२०३६ सालको जनमत सङ्ग्रह पनि विद्यार्थी आन्दोलनको दवाब कारण घोषित भयो। २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा पनि विद्यार्थी ले नै महत्वपूर्ण योगदान दिए। त्यसपछि विद्यार्थी आन्दोलन को २०५२मुलुक हिंसात्मक तर्फ डोरिएका केही यस्को सान्दर्भिकता घटेको हो।भने २०५९/६१ तिर ग्यानेन्द्र को प्रत्यक्ष शासन का विरुद्ध फेरि आवश्यक पर्यो।र मुभ्मेन्ट कै शुरूवात भयो।जसले गणतन्त्र को नारा लगाए।मुलुक सङ्घिय लोकतान्त्रिक गणतन्त्र आयो।
तर राजनैतिक दलको छत्र छाय मा कुन्ठित भएका भातृ सङ्ग्ठन केवल दलका गुलाम र उनकै पेरि फेरि मै छन। जसले स्ववियु को औचित्यपूर्ण घटेको छ।नया कुरा बाट अग्रगामी छलाङ्ग तर्फ अग्रसित हुन नसक्नुले अहिले विध्यार्थी आन्दोलन को समाज मा प्रश्न उठिसकेका छ्न।जसले दलाल पुजि को विकसित रुप हुँदै गाउको अर्थतन्त्र समेत परनिर्भर हुँदै गएको छ।जुन जे जति मेसेन्जर प्रवाह गर्नु पर्थ्यो विध्यार्थी ले त्यो गर्न नसके को पक्कै हो।
वदलिदो परिवेश मा स्ववियु पनि वदलिन आवश्यक छ। विद्यार्थी राजनिती भनेको भोलि को रास्ट्र कता लैजाने भन्ने परिपाटी को वेलैमा सिक्ने मौका पनि हो। विचार बाट प्रश्न्नित हुन आव्श्यक छ।त्यसैले कसले जित्ने,हार्ने को सवाल होइन।स्ववियु निर्वाचन गराउने नगराउने सवाल होइन। चुनाब भनेको एवटा परिक्षा हो।र चुनाब मा हारजित स्वभाबिक छ।त्यो भन्दा पनि महत्वपूर्ण कुरा एवटा प्रणाली को सुरुवात गर्नु हो।
वास्तवमा,स्ववियु विद्यार्थी को हक र अधिकार प्राप्ति का लागि मात्र नभई जनजिबिकाका सवाल र रास्टृयता प्रश्नमा पनि उत्तिकै महत्वपूर्ण छ।
त्यसैले स्ववियु निर्वाचन लाई पनि समय सापेक्ष बनाउदै लैजानु आवश्यक छ।केही विध्यार्थी नेता को कुसंस्कार कारण दुस्प्र्याश भएको हो। छ, नक्कली विद्यार्थी करडौ खर्च गरेर भर्ना भएका ती विद्यार्थीहरु केवल स्ववियु को नेर्तित्त्व हत्याउन मात्रै चाहे आफू निर्वाचित भएको क्याम्पस/ महाविद्ध्यालय को सम्पुर्ण विद्यार्थी को हक हित अधिकार / कर्तव्य भुलेर दायित्व र जिम्मेवारी बाट पन्छिन खोजेको जस्तो असाध्यै व्यगतिगत हावि हुनुले जिम्मेवार नेर्त्तित्व को परकाश्ठा का रुपमा लान्छित भएका छन।
जसले गर्दा आफू र आफ्नो सङ्ग्ठन को आचरण, व्यवहार मा सुधार आउन सकेन जस्का कारण अहिले स्ववियु निर्वाचन मात्रै नभएर२०६२/६३ पछि समग्र विद्यार्थी आन्दोलन मा नै अन्योलता छाएको छ। स्ववियु को वढ्दो उचाई खस्किदो अवस्था मा छ।जहाँ सङ्ग्ठित भावना,दर्शन सैद्धान्तिक पक्ष,प्रवित्ति का कारण धरातल मै प्रश्न उठिरहेका छन।
त्यसैले विद्यार्थी राजनिती र कलेज मा भएका विकृती विसङ्गती प्रती को निराकरण गर्नु हो।२/२ भन्दा बढी स्वार्थ हरु लाई समायोजन गरेर समाधान गर्नु हो। एक अर्का प्रती सिप/ एटिच्युड व्यवहारको विकास गर्नु हो।जसले धर्म,जातजाति,भासाभासी, सस्कृती को विकास गर्नु हो।
लोकतन्त्र को मन्च निर्माण गर्नु हो।
विध्यार्थी सङ्ग्ठनहरुको यो एवटा राम्रो मौका पनि हो। यसलाई सदपयोग सकिएन भने विध्यार्थी आन्दोलन बाट प्राप्त ठूलो मूल्य चुकाउनु पर्ने छ।
स्ववियु उम्मेदवार हुनका लागि वर्सौ सम्म क्याम्पस ढुक्ने प्रवित्ती लाई निरुत्साहित गर्नै पर्दछ।उल्टो बाटोमा हिडेको स्ववियु निर्वाचन लाई सुल्टो बाटोमा हिडाउने, समाज लाई आशा र भरोसा दिने अहिले विद्यार्थी सङ्ग्ठन र तिनका नेता ले एवटा जोखिम मोल्नै पर्ने छ।
अन्त्यमा, स्ववियु र विद्यार्थी आन्दोलन ठूलो धराप मा पर्ने छ।नविर्सौ विध्यार्थी राजनिती आन्दोलन भोलिको राजनितिको आखिझ्याल हो।यसमा कसैले खेलवाड नगरौ!!
विद्यार्थीको सन्दर्भमा स्ववियु को औचित्य र सान्दर्भिकता केहो? सङ्गसङ्गै अवको विद्यार्थी राजनिती को आवश्यकता के कति छ।भनेर अहिले प्रश्न उठिराखेका छन।के यसको पछाडि सृजनात्मक भन्दा ध्वङ्सात्मक क्षेत्रमा यस्को प्रतिस्पर्धा वढी छ।
संवत: २०४६अगाडि पन्चायती व्यवस्थामा प्रतिवन्धित रहेको सन्दर्भमा राजनैतिक दलले आफ्नो विचार र दृस्ठिकोण समाजमा लैजाने माध्यम विद्यार्थी राजनिती थियो।
“लेखक हुनुहुन्छ मुसिकोट खलंगा बहुमुखी क्याम्पसका कास्वबियु पुर्व उपाध्यक्ष हुनुहुन्छ।
चिरन्जिवी मल्ल
बाफिकोट-४ रुकुम(पश्चिम)