समाचार

सरोज मगरले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई फलफुल वितरण गरेका छन।

सरोज मगरले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई फलफुल वितरण गरेका छन।

रुकुम पश्चिम । पछिल्लो समय जन्मदिनलाई भड्किलो, खर्चिलो र तडक भडकका साथ मनाउने चलन बढिरहेको छ । होटल तथा रेष्टुरेन्ट जाने, खर्चिलो भोज गर्ने चलनले हाम्रो समाजमा स्थान बढी पाउँदै गएको छ त्यो दु:खद बिषय हो। 

तर, रुकुम रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ दवाङ्ग निवासी युवा समाजसेवी सरोज मगरले आफ्नो जन्मदिनलाई मानविय सेवा र उदाहरणिय कार्य गरेर मनाउनुभएको छ ।

मगरले जन्मदिनको अवसरमा जिल्ला रुकुम पश्चिमस्थित सल्ले अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्नुभएको छ । जन्म दिनको अवसरमा अस्पतालमा रहेका ५० बिरामीलाई फलफूल वितरण गर्नुभएको हो ।  

फलफूल वितरण कार्यको सहजिकरण भ्रष्टाचार विरुद्ध युवा अभियान्ता शिव रसाइली रमेश गिरि शुनिल परियार कमल रावल नैनसिंह बोहरा भेषराज परिचन्द खत्री दिनेश ओलि लगायत दर्जनौं युवाहरुको उपस्थितिमा फलफुल वितरण तथा बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्ने कार्यक्रम भएको थियो । सरोज मगरले समाजमा जन्मदिन मनाउनै परे समाजमा सकारात्मक सानो सन्देश दिने गरि पछिल्लो पुस्तालाई शिक्षा हुने गरि जन्मदिन मनाउनु पर्ने बताउनुभयो ।

फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा बिरामीहरुलाई सहयोग गर्न पाउँदा आफूलाई सन्तुष्टि हुने भएकोले बिरामीलाई फलफूल गरिएको उहाँको भनाई छ । 

जन्मदिनको अवसरमा अस्पतालमा रहेकका बिरामीलाई पन्ध्र हजार बराबरको केरा, स्याउ, अंगुर लगाएतका फलफुल वितरण गरिएको सरोज मगरले जानकारी दिनुभयो ।

सरोज मगर विगत देखि समाजसेवाको रुपमा लाग्नुभएको छ उहाँले विभिन्न सामाजिक कार्यमा योगदान दिदै आउनुभएको छ ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button