समाचार

समाजसेवी युवा नेता राजु केसिले शैक्षिक सामाग्री बाँफिकोटमा वितरण गर्दै-

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका भित्र पर्ने सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

मुसिकोट १ निवासी युवा समाजसेवी नेता राजु केसीले जिल्लाको बाँफिकोट गाउँपालिकाका प्रमुख जनक कुमार बाँठा मगरको सहजीकरणमा पाँच वटा विद्यालयहरुमा गरिव तथा जेहेन्दार  विद्यार्थीलाई कपी, कलम, पेनसिल,इरेजर,रिफिलसहितको शैक्षिक सामग्री वितरण गर्नुभएको छ,उहाँले विगत लामो समय देखि समाजसेवी गर्दै आउनु भएको छ ।  

जन एकता माद्यामिक विद्यालय बाँफिकोट १ जिपु, जनकल्याण माद्यामिक विद्यालय बाँफिकोट २ जिपु बालकल्याण माद्यामिक विद्यालय बाँफिकोट ४ सिम्तारु, स्यापूताल माद्यामिक विद्यालय बाँफिकोट ३ र बिरेन्द्र माद्यामिक विद्यालय बाँफिकोट ४ का एसईई दिने सवै जना र १ देखि ९ कक्षा सम्म अध्ययनरत जेहेन्दार २० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको समाजसेवी शिक्षक चिरञ्जीवी मल्लले सवाल पोस्टलाई सदर जाकारी दिनु भएको छ । 

बाँफिकोट गाउँपालिका भित्रका गरिव तथा जेहेन्दार विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ शैक्षिक सामग्री सहयोग गरेको समेत केसीले उल्लेख गर्नुभयो ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button