सवाल

ओलीले राष्ट्रसंघका महासचिवसँग भने- प्रधानमन्त्री दाहालका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम असहज भयो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम असहज भइरहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग आइतबार नयाँ बानेश्वरमा भएको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकोले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम असहज बन्न पुगेको बताएका हुन्।

‘नेपालको मौलिक ढंगको शान्ति प्रक्रिया सफल छ। शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भनेर हामीले चाहेका छौं,’ ओलीका भनाइ उद्धृत गर्दै एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुन हुँदैन। पीडितहरूलाई ध्यानमा राखेर यो विषय समाधान गरिनुपर्छ।’

उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन प्रधानमन्त्री दाहालले नै भूमिका खेल्नुपर्ने पनि बताएका थिए।

‘हामी शान्ति प्रक्रियालाई छिटो टुंग्याउन चाहन्छौं तर प्रधानमन्त्रीले सबै विषय टुंग्याउन भूमिका खेल्नुपर्नेमा अलिकति हिंसालाई बढवा दिने खालको क्रियाकलाप गर्दा असहजजस्तो भएको छ,’ उनले भने, ‘युद्ध सुरू भएको दिनलाई दिवसका रूपमा मान्यता दिने कुरा भएको छ, यसले पीडितहरू चिन्तामा छन्।’

गम्भीर अपराधमा आममाफी हुन नहुने पनि उनले बताए।

sujan

"Sujan: Web Developer from Gorkha, Nepal working as Freelancer."

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button