समाचार

बिप्लब नेतृत्वको नेकपा रुकुमले धान लगाएको छ।

प्लब नेतृत्वको नेकपा रुकुमले धान लगाएको छ।

नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम)ले करिब डेढ बिगाह जमिनमा धान रोपेको छ । पार्टी केन्द्रिय निति अनुसार सामुहिक उत्पादन कार्यक्रम अन्तर्गत हिजो धान दिवसको अवसरमा रोपाई गरिएको हो । 

आठविसकोट नगरपालिका वडा नम्वर ७ को गारखारामा जमीन लिजमा लिएर सामुहिक खेती गरिएको पार्टी निकट अखिल महिला संघ नेपालकि केन्द्रिय सदस्य तथा सानिभेरी गाउँ इन्चार्ज अनिता सिले सवाल पोस्टलाई जानकारी दिनुभएको छ । 

उहाँका अनुसार हिजो पार्टीका केन्द्रिय सदस्य चन्द्र सीको विशिष्ट उपस्थितिमा धान रोपाई गरिएको हो । श्रमलाई सम्मान गरौं, श्रम संस्कृतिको निर्माण गरौ भन्ने मूल नाराका साथ धान रोपाई गरिएको हो । 

अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य तथा पार्टी नेता अनिता सि का अनुसार पार्टीले लिजमा लिएको जग्गामा उत्पादन भएको धान दुई भाग पार्टीले र एक भाग जग्गाधनीले उपायोग गर्नेछन् । बाँझो जमिनलाई खेतीयोग्य बनाएर पार्टीले उत्पादनको काममा लागेको उहाँले बताउनु भएको हो। 

धान रोपाईं कार्यक्रममा पार्टीका आठविसकोट नगरपालिका ईन्चार्ज अपिल सी, त्रिवेणी गाउँपालिका ईन्चार्ज धनु सी युवा संगठनका नेता महेश सि विद्यार्थी नेता राकेश सि लगायत करिब ५० जना पार्टी नेताकार्यकता र जनताको सहभागिता रहेको थियो ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button