समाचार

सफलताको लागि संघर्ष अनिवार्य-महेश बुढाथोकी

सफलताका लागि संघर्ष सफलता यदि कुनै गाउँ हो भने त्यहाँसम्म पुग्ने बाटो भनेको नै संघर्षको बाटो हो ।यदि कुनै जादु छडीबाट कुनै सफलता जन्माउन सकिन्छ भने त्यो जादु संघर्ष नै हो ।


संघर्ष बिना पनि काकतालीमा सफलता वा सम्पत्ति हासिल हुन्छ भने त्यो न त दीगो हुन्छ न प्राप्तिको सन्तुष्टि रहन्छ ।त्यसैले म्याक्सिम गोर्किको एउटा भनाइ छ नी संघर्षको आनन्द नै सर्वोतम आनन्द हो भनिएको छ ।
त्यसैले हामी कहिल्यै संघर्षसँग डराउनु हुदैन बल्की संघर्ष मा नै रमाउन सिक्नु पर्छ ।यसर्थ यहाँ संघर्ष गर्न प्रेरित गर्ने केहि उत्कृष्ट १२ भनाइहरु प्रस्तुत गर्दै छौँ :अन्तिमसम्म पढी दिनुहोला ।
(१)सफलता एकैदिन हात लाग्दैन तर एकदिन अवस्य लाग्छ ।
(२)संघर्ष जति कठिन हुनेछ सफलता उति नै सानदार हुनेछ ।
(३)असल व्यक्तीको जन्म आमाको कोखबाट नभइ संघर्षको मैदान बाट हुन्छ ।
(४)आफू भन्दा ठुलो मान्छे सङ्ग शिर झुकाउन र जस्तो दुख परे पनि दुख लुकाउन जस्ले जान्दछ उसले जिन्दगीमा केहि गर्न सक्छ ।
(५)जिन्दगीको यात्रामा जसले आफुलाई जोखिमको बाटोबाट अघि लैजान सक्छ उअसले नै न्याय हासिल गर्न सक्दछ ।
(६)जहाँ संघर्ष हुन्छ त्यहाँ केहि पाउने अठोट हुन्छ ।
(७)सुख कुनै बोटमा फल्दैन कर्म गर्नुपर्छ खुसी कसैले दिदैन सन्तोष मान्नु पर्छ सधैं सबैको साथ मिल्दैन एक्लै पनि हिडनुपर्छ ।
(८)तिमिलाई जति ठक्कर लाग्छ उति हिड्ने गर ठक्कर खादै उचाइमा पुगेको मानिसलाई कहिले कसैले तल झार्न सक्दैन ।
(९)तिमीले खाना आफैं आफ्नो मुखमा आओस् भन्ने चाहन्छौं भने तिम्रो सफलता धेरै टाढा छ ।
(१0)जसले आफुमाथी विश्वास गर्न सक्दैन उनिहरु मात्र चुनौतीहरु देखि डराउँ छन ।
(११)जीवन बाँच्रे त सबैले बाँच्छन जीवन पछि बाँच्रेले अहिले नै धेरै संघर्ष गर्छन ।
(१२)जो मानिस संघर्षबाट भाग्न खोज्छ त्यो मानिसबाट सफलता भागी रहेको हुन्छ ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button