समाचार

रुकुमका भ्रष्टहरुको नाम लिस्ट तयार गर्दै छौँ श्रमिक कम्युनिस्ट पार्टीका नेता हिरामणी-

कुम (पश्चिम)-श्रमिक कम्युनिस्ट पार्टी नेपाल  गठन भएको छ । मोहन वैध नेतृत्वको तत्कालीन नेकपा क्रान्तिकारी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीचको एकता प्रयास असफल भएको घोषणा गर्दै श्रमिक कम्युनिस्ट पार्टि नेपाल गठन गरिएको हो ।

पूर्णबहादुर सिंह समरजङ्गको अध्यक्षता नयाँ पार्टीको गठन भएको हो । पार्टीका अध्यक्ष समरजङ्गले नक्कली कम्युनिस्टहरूका कारण नेपालको कम्युनिस्ट आन्दोलन नै बदनाम र विघटन हुँदै गरेको भन्दै पुँजीवादी संसदीय व्यवस्था र सबै खाले संशोधनवाद न
नवसरवादका विरुद्ध वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशाको अनुरूप पार्टीको गठन गरिएको बताए ।

त्यसै गरी उक्त पार्टीले नेपालका नामुद भ्रष्टाचारीहरूको प्रथम कालोसूची तयार पारेको छ । उक्त पार्टीको भ्रष्टाचारीहरूको सूचीमा नेपाल विधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङदेखि कान्तिपुर पब्लिकेसनमा अध्यक्ष कैलाश सिरोहिया गरी १२ जनालाई सूचिकृत गरेको छ ।

हेर्नुहोस् श्रमिक कम्युनिस्ट पार्टीको कालोसूचीमा रहेका व्यक्तिहरू
१.कैलाश सिरोहिया९ नागरिकता मुद्दा, हिमालय रे बिमा, चन्द्रागिरि हिल्स, सुमार्गी जग्गा मुद्दा
२.कुलमान घिसिङ ठेक्का, पीपीए र विद्युत् महसुलमा घोटाला
३.मोहनबहादुर बस्नेत-टेरामक्स प्रकरण
४. रोशन पोखरेल, स्वास्थ्य सचिव स्वास्थ्य उपकरण खरिदमा सेटिङ मिलाउने
५. ल्यारक्याल लामा बुढानीलकण्ठ जग्गा अतिक्रमण
६. प्रेम राई शरणार्थी केस, टेराम्याक्स, आयल कर्पोरेसन जग्गा, वाइड बडी
७. गोपाल खड्का, पूर्व प्रबन्ध निर्देशक, नेपाल आयल निगम
८. प्रदीप अधिकारी एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ क्यान डीजी
९. उदय मोहन श्रेष्ठ९ चर्खा गुठी जग्गा घोटाला
१०. प्रेमप्रसाद लामिछाने चर्खा गुठी सीईओ
११. विशाल अग्रवाल९ बाल सङ्गठनको जग्गा कब्जा
१२. डिल्लीराम अधिकारी फोरजी सेवा विस्तारमा घोटाला

साथै सहकारी घोटामा संलग्न भ्रष्टाचारी, सेटिङमा कमिसन, शरणार्थी प्रकरण, सुन काण्ड, शरणार्थी काण्ड, टेरामक्स प्रकरण, यूटीएल काण्ड, शैक्षिक एवम् स्वास्थ्य माफिया, गिरिबन्धु टी स्टेटलगायत घोटाला र काण्डमा संलग्न गिरोहहरूलाई समेत कालो सूचीमा राखेको उल्लेख गर्दै ।

नयाँ बिचार नयाँ जोस नयाँ क्रान्तिको नेतृत्व बिकास र बिजय प्राप्त गर्न जिल्ला जिल्लाका  भ्रष्ट,राष्ट्रघाती,दलालहरुलाई पार्टी केन्द्र्को निर्देशन अनुसार अब नाम लिस्ट रुकुममा तयार  गर्दै छौँ। क्रान्ति सम्पन्न गर्न हामी मर्न किन नपरोस् अब रुकुमका भ्रष्टहरुलाई छाड्दैनौ भन्दै श्रमिक कम्युनिस्ट पार्टी नेपालका नेता आयोजन समिति सदस्य पार्टी हिरामणी रावलले सवाल पोस्टलाई जानकारी दिनुभएको छ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button