समाचार

यार्सागुम्बा टिप्न डोल्पा पुगेकी गोतमकोट बिष्ट गाउँकि जमुनाको मृत्यु।

रुकुम (पश्चिम)_सुन्दन सपना मनमा सजायर घरको जिम्मेवारी आफ्नो पढाई खर्च जोहो गर्न यार्सागुम्बा टिप्नको लागि डोल्पाको धो-ताक्सी गएकी जिल्ला रुकुम पश्चिमकि जमुना बिष्टको मृत्यु भएको छ । 

आठविसकोट नगरपालिका वडा नं ४ गोतामकोेट बिष्ट गाउँ निवासी २२ वर्षिया जमुना बिष्टको डोल्पाको काईके गाउँपालिकाको लैनीबगर देखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको वडा शिक्षक भिम बहादुर परियारले सवाल पोस्टलाई जानकारी दिनु भएको हो । 

भिम बहादुर परियारका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको चाईनाको सिमाना धो-ताक्सी भन्ने पाटनमा पुगेको बेला जमुनालाइ लेक लागेर रुघाखोकी ज्वरोको बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वती बिष्ट सहित घर फर्कदै गरेको बेला बाटोमै उहाँको मृत्यु भएको हो । 

शिक्षक परियारले जमुनाको शव जिल्ला अस्पताल दुनैमा ल्याउने क्रममा रहेको जानकारी दिनुभयो । अस्पतालमा पोष्टमार्टम पश्चात जमुनाको शव गोतामकोट ल्याईने तयारी गरिरहेको बताउनु भयो । 

जमुनाको घरमा अहिले आमा भदी बिष्ट एक्लै हुनुहुन्छ । बुवा करबिर बिष्ट र दाई रोजगारीको सिलसिलामा भारत जानुभएको छ। कान्छी बहिनी र साथीहरू नातेदारहरुको साथमा यार्सागुम्बा टिप्न डोल्पा गएकी जमुनाले +२ अध्ययन पुरा गर्नुभएको छ ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button