समाचार

सडक समयमै नबन्दा स्यालाखदिमा दिनदिनै ट्याक्टर दुर्घटना।

रुकुम (पश्चिम् )- हिजो दिउँसो १२:०० बजे रुकुम (पश्चिम्)को आठबिसकोट नगरपालिका वडा १/२ सिमाना शाईकुमरी मन्दिर नजिकै ट्याक्टर दुर्घटना हुँदा चालक घाईते भएका छन। 

पालिकाको केन्द्र बजार राडीबाट स्यालाखदी आउँदै गरेको रा १त ५०२४”नम्बरको ट्याक्टर करिब दिउसो १२:०० बजेतिर लजिल्ला कालिकोटका ३० वर्षीय बलबिर बिक घाइते भएको प्रहरीले जनाएको छ । 

दुर्घटनमा परेर आठबिसकोट नगरपालिका –१ का स्थानीयहरु पनि सामान्य घाइते हुनुभएको स्थाई प्रहरी पोस्ट खदिले सवाल पोस्टलाई बताउनु भएको छ।

चालक बिकलाई ट्याक्टर पल्टिँदा च्यापिएर दुर्घटनास्थलमा घाइते भएका हुन घाइते बिकको स्यालाको हेल्थ पोस्टमा सामान्य उपचार पछि रिफर घाइते बिकलाई नगर हस्पिटल राडि लगिरहेको प्रहरीले जनाएको छ।

ट्याक्टर पानीको कारण सडक चिप्लो साघुरो सडकमा ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको बताईएको छ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button