समाचार

सदरमुकाम खलंगामा अर्गानिक कृषि मार्ट।

सदरमुकाम खलंगामा अर्गानिक कृषि मार्ट।

दाल, मह, घ्यु, दहि, दुध, टिमुर, भाङगो, सिमी लगायतका खाद्य समाग्रीहरु र डोका, नाङला, मुढा, अल्लो र ढाकाका कपडाहरु कृषि मार्टमा पाईने संचालक रबिन्द्र बिष्टले हामिलाई जानकारी दिनु भयो।

जिल्ला रुकुम (पश्चिम)को सदरमुकाम मुसिकोटको कालिका थान नजिकै । मुसिकोट नगरपालिकाको–१नं वडा कार्यलयको दायाँ पट्टी बजारमा ‘मुसिकोट कृषि उद्योगको अर्गानिक कृषि मार्ट’ सञ्चालनमा आएको हो । 

मार्टको उद्घाटन कार्यक्रम सोमबार मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो । मार्टको उद्घाटन गर्नुहुँदै नगर प्रमुख केसीले स्थानीय उत्पादनको बजारीकरणमा सहजिकरण हुने विश्वास गर्नु भएको छ। प्रमुखले किसानहरुलाई उत्पादनमा जागरुक हुने र उपभोक्तहरुलाई स्वास्थ्यको हिसाबले समेत अत्यावश्यक रहेका अर्गानिक कृषि उपजहरु संकलन गरेर मार्टले नमूना काम गर्नुपर्ने बताउनु भएको छ। 

मार्टका सञ्चालक रबिन्द्र बिष्टले रासायनिक र बिषादीविहिन सबै खालका खाद्य समाग्रीहरु मार्टबाट बिक्रि वितरण हुने जानकारी दिनु भएको छ । करिब १३ लाखको लगानीमा मार्ट सञ्चालन गरिएको हो । सञ्चालक रबिन्द्रका अनुसार कृषि उपजको बजारीकरणमा समन्वय, महिला र युवा उद्यमीलाई प्रोत्साहन, स्थानीय उत्पादनको खपत र कृषिलाई व्यवसायिकरण गर्ने उद्धेश्यका साथ अर्गानिक कृषि मार्ट सञ्चालन गरिएको हो ।  

उहाँका अनुसार मार्टबाट स्थानीय उत्पादनमा आधारिक कृषि उपजहरु र लघु उद्यमका उत्पादनहरु बिक्रि बितरण गरिने । दाल, मह, घ्यु, दहि, दुध, टिमुर, भाङगो, सिमी लगायतका खाद्य समाग्रीहरु मार्टमा उपलब्ध हुनेछन। त्यसैगरी डोका, नाङला, मुढा, अल्लो र ढाकाका कपडाहरु समेत मार्टमा पाईने सञ्चालक रबिन्द्रले बताउनु भएको छ। 

अर्गानिक मार्ट सञ्चालनका लागि मुसिकोट नगरपालिकाले समेत सहयोग गरेको छ । रबिन्द्रका अनुसार स्थानीय सरकारले मार्ट सञ्चालनको व्यवस्थापनमा अनुदान प्रदान गरेको छ । नगरपालिकाले मार्ट सञ्चालनको लागी करिब दुई वर्षको घरभाडा र तीन लाख रुपियाँ सहयोग गर्ने भएको छ ।

यसका साथै रबिन्द्रले आफ्नो करिब दश लाख रुपियाँ लगानी गर्नुभएको छ ।  मार्टका सञ्चालक रबिन्द्रले एक दशक देखि कृषि क्षेत्रमा सक्रिय हुनुहुन्छ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button