समाचार
रुकुम जिल्लाकै विकट गाउँ स्यालाखदिमा स्वास्थ्य शिविर बस्ने।Sawal Post-
जिल्लाको विकट बस्ती आठबिसकोट नगरपालिकाको साबिक स्यालाखदिमा स्वास्थ्य सिविर बस्ने भएको छ।
जिल्ला स्वास्थ्य कार्यलयको समन्वय आठबिसकोट नगरपालिकाको आयोजना सहयोग अष्ट्रेलियाली सरकार संयुक्त राष्ट्र संघिय जनसंख्या कोष आड्रा नेपालको आयोजनामा सो सिविर बस्ने भएको हो।
स्थान- आधारभुत स्वास्थ्य सेवा केन्द्र खदीमा मिति -२०८१ बैसाख १८ र १९ सम्म महिलाहरुका लागि निशुल्क प्रजनन स्वास्थ्य शिविर हुने छ।
स्त्री रोग बिशेषज्ञ सेवा
पाठेघर सम्बन्धि परिक्षण तथा उपचार
महिलामा हुने रोगको परिक्षण र उपचार
पाठेघरको मुखको क्यान्सर परिक्षण
लगायत सम्पुर्ण रोगहरुको परिक्षण ,परामर्श तथा उपचार हुने। आठबिसकोट नगरपालिका नि-कार्यकारी अधिकृत मणिराज शाह र स्वास्थ्य चौकी इन्चार्ज मिना बिकले सवाल पोस्टलाई जानकारी दिनु भएको छ।