समाचार

मधेश प्रदेशमा नियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ।

रुकुम (पश्चिम्)-मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन।

बिहीबार मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

माओवादी नेता साह र एकीकृत समाजवादीकी नेतृ लुंगेलीको मन्त्रालय तोकिएको छैन । माओवादीले उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएको थियो । सो मन्त्रालयको जिम्मेवारी युवराज भट्टराईलाई दिइएको छ ।

हाल श्रम तथा यातायात र वन तथा वातावरण मन्त्रालय गरी दुईवटा मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफूसँगै राखेका छन् । ती मन्त्रालय एउटा साह र अर्को लुंगेलीलाई दिने मुख्यमन्त्रीको तयारी छ । त्यस्तै नेकपा एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ गराए ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button