वर्तमान समस्या र महिला हिंसा विशेष
–खिमा बस्नेत
महिला नाम यौटा मात्र देखिन्छ तर तेहि नाम भित्र बिभिन्न तस्बिर देखिन्छन।
चुलोमा खाना पकाउदैगरेकि महिला,स्कुलमा बिद्यार्थी पडाउदै गरेकि महिला,अदालतमा बहसगर्दै गरेकि महिला,देशमा रास्ट्रपति भै देश चलाउदै गरेकि महिला!अनि अन्याय मा परेर आफ्ना रहर खुसि र अधिकार गुमायकि महिला।
सबैले दुख पायका त छैनन तर सबै स्वतन्त्रभयर बाच्नपायका पनि छैनन् !
अस्ति मेरो छिमेकि दाइको बिहे,धेरै रमाइलो गरियो !तर आज बिहानै दाइ आउनु भयो र भन्नु भयो अंकल अदालत जाम न छोड्पत्र चायको छ!म नजिकै भयर सुने धेरै दुख लाग्यो सुनेर बाबा छक पर्दै भन्नु भयो के भयो बाबु किन छोडपत्र चायको के भयो र ?दाइ ले कुरा खस्न न पाउदै भनु भयो (दाइजो) सुनेर बाबा केहि बोल्नु भयन ,म पनि त्यहाँ बाट गय।
यौटा महिला जो बिहे पछि आफ्नो घर छोडेकि छे उस्ले चिनेको भनेको उस्को आफ्नो भनेको तेहि यौटा श्रीमान हो तर उहि बाट दाइजो खै भनेर सुन्दा त्योभन्दा दुखद पल कुन हुन्छ होला र?
हामि आफ्नो घर मात्र हेर्ने गर्छम ,आफ्नो जिबन मात्र हेर्ने गर्छम तर हाम्रै आँखा आगडि आफ्ना रहर खुसि बेचेकि महिला लाइ देख्न सकेनाैं।
महिलाले घर मा मात्र होइन कतै पनि सुरक्षा पायका छैनन ।
बिध्या पाउने ठाउँ सबैले मानेको मन्दिर स्कुल।
आजभोलि महिला स्कुल मा पनि सुरक्षित छैनन ।एउटि बालिका स्कुल गयर यौटा केटा साथि संग बोल्दा सरले नजिक बोलायर भन्नु भयो को हो त्यो तेरो किन यसरि बोलेकि ?
केटि सिर तल बनायर कक्षा कोठामा गैइ साँझ सम्म पनि मनमा सान्ति थियन दिउँसो को कुरा मनमा खेलिरहेको थियो।
मोबायल हेर्दै थियि आफैलाइ पडाउने सर को sms आयो।
र भन्नु भयो भोलि घुम्न जाम न ?उस्ले दिउँसोको कुरा सम्झिइ म यौटा केटा साथि संग बोल्दा को हो ? भनेर सोध्ने मान्छे आज आफै घुम्न जाम भन्दै छन ? हुन त नजर राम्रो सरको पनि रहेनछ नि?के अब हामि सर बाट पनि जोगिनु पर्ने होत?p
के यौटा केटी केटा संग बोल्नै न पाउने होत ?के महिलाको ठाउँ चुलो र घरमा मात्र होत ?के कतै पनि हाम्रो लागि सुरक्षा लेखियको छैन त ?के हामि सबै संग डरायरै बस्नु पर्ने होत ?यि सबै को जबाफ कसै संग छैन ।
आज छोरि घरमा बाबा दाइ हरु सङ पनि खुलेर बोल्न सक्दैनन!आफ्नो बैनिलाइ कसैले बोलाउदा पनि झर्किने दाइ अरु कसैको बैनि लाइ किन दुरब्यबहार गर्छन त ! आफ्नो छोरिले यौटा काम गर्दा पनि थाक्ने तर बुहरि बिहान बाटसाझ सम्म काम गर्दा नि किन बसेकै देखिन्छ त ?
आज अलिअलि परिवर्तन त आउन लागेको छ तर तेहिभित्र पनि झन झन बिकिर्ति भित्रीदै छ ।महिला ले पड्न त पाय तर स्वतन्त्रता पायका छैनन!जागिर त पाय तर सान्ति पायका छैनन !
अधिकार त लेखियो तर लागु भयन ।
यौटि महिला कलिलो उमेरमै मरि भने उस्को छोरा छोरि भन्दा उस्को श्रीमानको चिन्तामान्दै भन्छन अब अर्को बिहेको सुर गर तर श्रीमान मरेका महिला कोहि पुरुस संग बोलेको मात्र थाहा पाउदा पनि उस्ले कति सुन्नपर्छ यौटि बिधुवा महिलालाइ थाहा हुन्छ।
प्राकृतिक नियम अनुसार महिनावारि भयकि महिला आफ्नो भान्सा सम्म पनि जान पाउँदैनन।
घरको सबै जिम्मेवारी हेरेकि यौटि महिला तेहि घरमाआफ्नो कुरा राख्न अधिकार छैन !यौटि महिला प्रधानमन्त्री हुदा पनि यौटा पुरुसको सहयोग मा काम गर्न किन लगायिनछ?छोराले पड्ने तेहि स्कुल मा छोरि लाइ किन पठाउन हुदैन ?
घरमा ५ वटै छोरि हुदा पनि किन सन्तानको कमि देखिन्छ?छोरा जस्तै खुलेर बाटोमा छोरि किन हिंड्न सक्दैनन ? यी सबै कुराको जबाब खोज्नु हाम्रो कर्तव्य हो।सबैले आफ्नै तरिकाले बाच्न पाउन पर्छ ।सबै स्वतन्त्र हुन पर्छ ।यो यक्लो प्रयास ले हुदैन म बाट सुरु गरेर हामि हुदै सबै सम्म पुर्याउन जरुरि छ ।
(लेखक हाल-कक्षा १२,राप्ति बवइ क्याम्पस तुल्सिपुर – १२ दाङमा अध्यनरत छिन ,उनको स्थायी ठेगाना,बाफिकोट २ जिपु रुकुम पश्चिम हो।)