समाचार

आठबिसकोट महोत्सव,आज ज्योती मगरको पालो

रुकुम पश्चिम। रुकुम पश्चिम जिल्लाको आठबिस्कोट नगरपालिका राडी बजारमा लागिरहेको आठबिस्कोट पर्यटन तथा ब्यापार महोत्सवमा हिजो राम्जी खांडले भब्य प्रस्तुति दिएका छन् ।

कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको आयोजनामा हिजो देखि ‘आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव’ सुरु भएको हो ।

उद्घाटन पछिको पहिलो दिन हिजो खानले प्रस्तुति दिएका हुन ।लोकप्रिय गायक तथा मोडल खानलाई हेर्न करिब एक हजार बढी दर्शकले टिकट लिएको महोत्सव संयोजक डिल्ली परियारले बताउनुभयो ।

उहाँका अनुसार भब्य र सब्य तरिकामा पहिलो दिन महोत्सव सम्पन्न भएको हो । यस्तै, आज शनिबारको दिन भने गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ ।

मगर युवा युवती देखि बुढा पाका सम्मलाई आफ्नो प्रस्तुतिमा झुमाउन सक्ने गायिका तथा मोडल पनि हुन । गायिका मगर लाई हेर्नका लागि दर्शक आतुर रहेको दिल्ली परियारको भनाइ रहेको छ ।

यस्तै महोत्सवमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तली, गायक राजु परियार, पशुपति शर्मा, गायिका ज्योति मगर, एलिना चौहान, सिम्रन परियार, टीका सानु लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । चैत २२ देखी सुरु भएको महोत्सव बैशाख २ गतेसम्म संचालन हुनेछ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button