समाचार
ट्रेण्डिङ

अश्लील भिडिओ बनाई धम्काएर खान पल्किए प्रचण्डका कार्यकर्ताहरु

१०, पुस, चितवन ।

फेसबुकमा फेक अकाउन्ट बनाइ ब्ल्याक मेलिङ गरि फिरौती रकम मागेको अभियोगमा पक्राउ परेका चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत तीनजना विद्यार्थी अखिल क्रान्तिकारीका भएको पुष्टि भएको छ । उनीहरु माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विभिन्न कमिटीमा बसेको खुल्न आएको छ । अश्लिल भिडियो बनाएर सार्वजनिक गरिदिन्छु भनेर धम्काउने र रकम माग्ने चितवनकै रत्ननगर नगरपालिका १३ घर भएका २० वर्षका प्रवेश रिमाल, सिराहाको लाहान नगरपालिका १ घर भएका १९ वर्षका युनिक सिंह र पोखरा महानगरपालिका २९ का २२ वर्षीय अनुराग घिमिरेलाई जिल्ला प्रहरी कार्यालय चितवनले पुस ४ गते पक्राउ गरेको थियो ।

पक्राउ पर्ने युनिक सिंह र प्रवेश सिंह अखिल क्रान्तिकारी विश्वविद्यालय कमिटीको कार्यसमिति सदस्य हुन् । यस्तै पक्राउ परेका अनुराग घिमिरे माओवादी निकटका विद्यार्थीले चलाएको एनजिओ ग्रुप अफ एग्रीकल्चर एण्ड भेटेरिनरी विद्यार्थी ९जीएभिएस० का सदस्य छन् । उनी लिगान्स घिमिरे भन्ने अखिल क्रान्तिकारीको निवर्तमान अध्यक्षको आफ्नै भाइ हुन् ।

उनीहरुले फेसबुकमा महिलाको फेक आइडी बनाइ महिलाकै आवाज निकालेर च्याट गर्ने, अश्लील भिडियो पठाउने गरि चितवनका दुई पुरुष र कास्कीका एक महिलासँग फिरौती रकम मागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार उनीहरुको भिडियो कल रेकर्ड र फिरौती रकम मागेको प्रवृत्ति हेर्दा समूहमा अरु पनि सहभागी हुनसक्ने आशंका रहेको छ । उनीहरुले कसैसँग दुई, कसैसँग चार लाख रुपैयाँ रकम मागेका थिए ।

उक्त रकम नदिए भिडियो सार्वजनिक गर्ने धम्की दिएका फोन रेकर्ड रहेको डिएसपी पण्डितले जानकारी दिए । उनीहरु तीनै जनालाई कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरबाट प्रहरीले खेदेर पक्राउ गरेको थियो । उनीहरुको साथबाट फिरौती लिएको ७६ हजार रुपियाँ र ४ थान मोबाइल सेट पनि बरामद गरिएको डिएसपी पण्डितले जानकारी दिए ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button