समाचार

कानुन आफैमा संस्कृती हो-सांसद चन्द्र बहादुर विश्वकर्मा

काठमान्डौँ ,पुस १२। सांसद चन्द्र बहादुर बिश्वकर्मले कानुन आफैमा संस्कृती भएको बताएका छन । काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो अभिव्यक्ती दिएका हुन्।

काठमाडौको होटल मल्लमा हिजो सम्पन्न “संबैधानिक ब्यबस्था,कार्यान्वयनको अबस्था र कानुन निर्माण” बिषयक गोष्ठिमा बोल्दै सांसद चन्द्र बहादुर बिश्वकर्मले नेपालमा संवैधानिक बिकासको क्रम गीता,उपनिषद्,पुराण,रमायण र महाभारत तथा मनुस्मृतिबाट प्रभावित हुँदै आएकोले अझै त्यसका डोबहरु देखिनु स्वभाविक भएको र यी डोबहरुलाई मेट्दै अबको कानुन निर्माण गरिनुपर्ने समेत उनले बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरु चन्द्र बहादुर बिश्वकर्म,रञ्जु झा,रणेन्द्र रसाइली,हर्कमाया बिश्वकर्म,सीता मिजार तथा राष्ट्रिय सभा सदस्य भुवन सुनार,तुल बहादुर बिश्वकर्म लगायत राजनीतिक पार्टिका प्रतिनिधि,सरकारी / गैर सरकारी संस्थाका प्रतिनिधिहरु समेतको सहभागी भएका थिए ।

कार्यक्रमको आयोजना जागरण मिडिया सेन्टरले गरेको थियो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button