समाचार

मोनिश्री चन्दले अन्तराष्ट्रिय तेक्वान्दो खेलमा गोल्ड मेडल हात पार्न सफल-

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर ९ घर भइ हाल काठमाडौस्थित क्यानभास बसन्तरितु स्कुलमा कक्षा ३ मा अध्यानरत वर्ष ८ की मोनिश्री चन्दले भारतको गोवामा सम्पन्न भएको सातौ एसिया कप खुला अन्तराष्ट्रिय तेक्वान्दो खेलमा २४ केजी तौल समूहमा गोल्ड मेडल हात पार्न सफल
भयकी छिन ।

असारको ७ देखि ९ गतेसम्म भएको प्रतियोगितामा दाङ, रुकुम, चितवन, काठमाडौलगाएत जिल्लाबाट विभिन्न तौल समूहका खेलाडीहरू समावेश भएका थिय।

मोनिश्रीको बुवा मोहन कुमार चन्द पनि भलिबल खेलको अब्बल खेलाडी हुँदै राष्ट्रिय रेफ्री भएको हाम्रा सम्बादाता बताउछन । चन्दले भारतको पटियला पन्जाबस्थित SAI NS National Institue of sports, PATIALA (INDIA) बाट नेपालको राष्ट्रिय खेल भलिबलको लागि Diploma Course in Sports Coaching गर्नुभएको छ । बुवा खेलाडी भएको कारण छोरीलाई पनि बच्चैबाट खेल क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button