समाचार

रासायनिक मल र विषादीको प्रयोगले कर्णालीमा माटोको गुणस्तर खस्कादै।

रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले कर्णाली प्रदेशमा माटोको गुणस्तर खस्किँदै।

उर्वराशक्ति घट्दा उत्पादनमै असर

माटो सुधार कार्यक्रम प्रभावहीन।

रुकुम पश्चिम-रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले कर्णाली प्रदेशमा माटोको गुणस्तर खस्किँदै गएको छ । माटोको उर्वराशक्ति घटेर उत्पादनमा नै असर परेको छ । माटोको गुणस्तर सुधारका केही कार्यक्रम सञ्चालन गरिए पनि सबै किसानमा ज्ञान पुर्‍याउन नसक्दा अपेक्षित सफलता हासिल हुन सकेको छैन ।

सल्यानका विभिन्न ठाउँमा गरिएको माटो परीक्षणमा अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपन देखिएको छ । विशेष गरी सुन्तला र तरकारी खेती गरिने ठाउँमा माटोको अवस्था बिग्रिँदै गएको पाइएको छ । २ सय २० जना किसानको माटो परीक्षण गरिएकोमा २ सय १० जना किसानको माटोमा अम्लीयपन देखिएको हो । जब कि यो मात्रा बढीमा ७ पीएच मान हुनुपर्छ । परीक्षण गरेको माटोको नमुनामा पीएच मान ४.५ देखि ६.४ सम्म अम्लीयपन देखिएको छ । प्राङ्गारिक मलको साटो रासायनिक मलको प्रयोगले यस्तो अवस्था आएको हो । उत्पादन बढाउने नाममा प्रयोग गरिएको रासायनिक मलले उल्टै उर्वराशक्ति घटाइदिएको छ ।

पछिल्लो समय किसानले गाईबस्तुको मलको सट्टा रासायनिक मललाई बढी प्राथमिकता दिने गरेको पाइन्छ । कति मात्रामा रासायनिक मल प्रयोग गर्नुपर्छ भन्ने ज्ञान र माटोको स्वास्थ्यका बारेमा पर्याप्त चेतना नहुँदा यो अवस्था आएको हो । बिग्रिएको माटो सुधार गर्न कृषि विकास कार्यालयले किसानहरूलाई कृषि चुन वितरण गरेको छ ।

पछिल्ला तीन वर्षमा मात्रै पनि कर्णाली प्रदेशमा माटोको स्वास्थ्य झनै बिग्रिँदै गएको परीक्षणले देखाएको छ । कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाले प्रत्येक वर्ष माटो परीक्षण गर्दै आएको छ भने प्रदेश सरकारले प्राङगारिक मल अभियानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर पनि यी कार्यक्रम किसानको चेतना स्तर वृद्धि गर्न सफल भएका छैनन् ।

कर्णाली प्रदेशमा करिब तीन लाख हेक्टर खेतीयोग्य जमिन छ । त्यसमा दुई लाख १६ हजार हेक्टर क्षेत्रफलमा मात्र खेती भइरहेको छ । तल्लो कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा खेती उत्पादन हुने जिल्लामा अलि बढी रासायनिक मलको प्रयोग हुँदै आएको छ ।

स्वस्थ माटोले मात्रै राम्रो उत्पादन दिन सक्छ । माटोको स्वास्थ्यका बारेमा ध्यान नदिने हो उत्पादन अझै घट्न सक्छ ।

कर्णालीका नेता मन्त्रीहरुको कुरा भने कर्णाली प्रदेशलाई अर्गानिक उत्पादन गर्ने प्रदेश बनाउने सपना छ।

तपाईं पत्याउन हुन्छ?

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button