समाचार

डिलबहादुर थापाले भने १४ मध्ये दुई खच्चरको मृत्यु-

दैनिक उपभोग्य बस्तु ढुवानीक लागि अछामबाट दैलेख आउने क्रममा कर्णाली नदी माथिको झोलुङ्गे पुलको जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसाले उद्दार गरिएको छ।

आइतबार बिहान साढे नौ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्यूला बजारमा आउने क्रममा झोलुङ्गे पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिदा १४ खच्चर जालीमा फसेका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीका साथै स्थानीयले जालीमा अड्किएका खच्चरलाई जाली काटेर कर्णाली नदीमा खसालेका थिए। स्थानीय डिलबहादुर थापाले १४ मध्ये दुई खच्चरको मृत्यु भएको छ भने बाँकीको उद्दार गरिएको छ। एउटा खच्चडको पुलमै मृत्यु भएको थियो भने एउटा खच्चड कर्णाली नदीमा खसाल्ने क्रममा मृत्यु भएको थियो।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button