समाचार

एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयसीमाभित्रै जसरी पनि सरकारले सदनबाटै बजेट ल्याउने बताएका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयसीमाभित्रै जसरी पनि सरकारले सदनबाटै बजेट ल्याउने बताएका छन् ।

वीरगन्जमा शुक्रबार नेकपा एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बजेट ल्याउने समय थोरै रहेको भन्दै चुनौती बढ्दै गएको बताए ।

कांग्रेसले संसदमा अवरोध गरिरहेको अवस्थामा अब त्यसको कुनै परवाह नगरी सदन चलाउने ओलीले बताए । ‘गतिशील बनाउन देशलाई बजेट दिनैपर्छ, त्यो हामी ल्याएर छाँड्छौँ,’ उनले भने ।  

ओलीले कांग्रेसको आलोचना गरे । कांग्रेसले संसदमा जसलाई भन्यो, त्यसैलाई मात्र बोल्न दिनुपर्ने भन्ने अस्वीकार्य रहेको भन्दै ओलीले कसैमाथि आरोप लगाइन्छ भने त्यो व्यक्तिलाई संसदमा बोल्छु भन्दा समय दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेलाई एमालेले बोकिरहनुपर्ने कुनै जरुरी नभएको तर कसैले कसैमाथि आरोप लगायो भने आरोपित व्यक्तिले आफ्नो कुरा राख्न पाउनुपर्ने एमालेको मान्यता रहेको बताए ।

उनले बिहीबार संसद् बैठकमा कांग्रेसका सांसदहरू आफू बसेकै ठाउँमा हुल बाँधेर आएको र हातपात नै गरौँलाजस्तो व्यवहार गरेको बताए ।

कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरेर केपी ओलीले संसद्को वातावरण बिगारेको भनेर झुट र बेइमानी कुरा गरेको आरोप पनि ओलीले लगाए ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button