समाचार

चिट्ठामा पर्‍यो अध्यक्ष अर्जुनलाई सहमतिमा भए रमेश गिरि सचीव नेपाल ट्रेड युनियन रुकुम (पश्चिम)को।

 
चिट्ठामा पर्‍यो अध्यक्ष अर्जुनलाई सहमतिमा भए रमेश गिरि सचीव नेपाल ट्रेड युनियन रुकुम (पश्चिम)को।


रुकुम पश्चिम । अखिल नेपाल ट्रेड युनियन जिल्ला कमिटी रुकुम पश्चिमको दोस्रो जिल्ला सम्मेलन आज मिति २०८१/१९ गत्ते सम्पन्न भएको छ । 

सानीभेरी गाउँपालिकाको सिम्लीमा भएको सम्मेलनबाट अर्जुन कुमाललाई अध्यक्ष  निर्वाचित हुनुभएको छ । कुमालको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको छ । जसकाे उपाध्यक्षमा कमला बिक र पुर्ण ओली, सचिवमा रमेश गिरी र कोषाध्यक्षमा डिलसरा पुन निर्वाचित भएका छन।

नव निर्वाचित सचिव रमेश गिरीका अनुसार सह-सचिव पछि थप्ने गरी २७ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । उहाँका अनुसार अनुसार अध्यक्ष बाहेक अन्य सबै पदमा सर्वसम्मत पदाधिकारी र सदस्यहरु निर्वाचित  गरिएको हो ।

अध्यक्ष पदका लागि चौरजहारी नगरपालिका निवासी अर्जुन कुमाल र आठविसकोट नगरपालिका निवासी प्रेम थापा बिच चुनाव भएको थियो । चुनावी मत परिणाम अनुसार दुबै जनाको बराबरी (१३/१३) मत आएपछि गोला प्रथा गरेर अध्यक्षमा निर्वाचित कुमाल भएका हुन । 

ट्रेड युनियनको दोस्रो जिल्ला सम्मेलन जिल्ला ईन्चार्ज तिलक शर्माको अध्यक्षतामा र नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन सत्रमा पार्टिका केन्द्रिय सदस्य नरबहादुर पुन, धनबिर ओलि, कर्णाली प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय उपप्रमुख मुस्कान पार्टीका जिल्ला इन्चार्ज गोबिन्द रोका, युनियनका कर्णाली प्रदेश इन्चार्ज दिपक चदारा लगायतकाे आथित्यता रहेको थियो ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button