समाचार

राडिज्युला क्याम्पसका विद्यार्थीहरुले गरे क्रान्ति-सवाल जरुरी छ.

जिल्ला रुकुम (पश्चिम)को आठविसकोट नगरपालिका ९ राडीज्युला शिक्षा क्याम्पसका बिद्यार्थीहरुले आफ्नो पढाई खर्च आफै कमाउन थालेका छन ।

क्याम्पसमा सञ्चालित ‘कमाउँदै,पढ्दै कार्यक्रम अन्तरगत गमला उत्पादन र च्याउ खेती गरेर बिद्यार्थीहरुले आफ्नो पढाई खर्च कमाउन थालेका हुन् । 

क्याम्पसमा अध्ययनरत छात्रा दिपिका कुसारीले कमाउँदै पढ्दै कार्यक्रममा जोडिएर खर्च कमाउन थालेको बताउनुभयो हो । उहाँले अघिल्लो वर्ष क्याम्पसमा गमला बनाएको र यस वर्ष च्याउ खेती गरेर बिक्रि गरेको जानकारी दिनुभयो छ।

उहाँको अनुसार गमला उत्पादन र च्याउ उत्पादन कार्यक्रममा फरक फरक बिद्यार्थीहरु संलग्न रहेका छन् । यस कार्यक्रमले आफ्नो पढाई खर्चमा ठुलो सहयोग पुगेको उहाँको भनाई छ । 

क्याम्पस प्रमुख तेज बहादुर मल्लले बिएडका चारै तहका केहि बिद्यार्थीहरु कमाउँदै पढ्दै कार्यक्रममा जोडिएको बताउनु भएको हो। उहाँले अघिल्लो वर्ष बिद्यार्थीले बनाएका गमलाहरु स्थानीय सरकार, बजार र क्याम्पसमै बिक्रि भएको बताउनुभयो छ। बिद्यार्थीले निर्माण गरेका गमलाहरुबाटै क्याम्पस परिसरमा विभिन्नथरिका फूलहरु रोपिएको उहाँले जानकारी दिनु भयो ।

सुरुमा बिद्यार्थीहरुले २२५ भन्दा बढी गमला बनाएर प्रतिगोटा २५० का दरले विक्री भएको क्याम्पसले जनाएको छ ।  अझै विक्रीका लागि २० वटा रहेका छन् भने क्याम्पस परिसरमा ६० वटा गमलामा फूल रोपिएको छ । 

यस वर्ष पहिलो लटको च्याउ उत्पादन भएर बिक्रि भईसकेको छ । पाँच जना बिद्यार्थीहरु अहिले दोश्रो लटको च्याउ उत्पादनमा लागेको क्याम्पस प्रमुख मल्लले बताउनु भयो । पहिलो लटको च्याउ उत्पादन कार्यक्रममा ४० वटा प्लाष्टिक प्याकेट निर्माण गरिएको थियो । उत्पादन भएको ३० किलो च्याउ दुई सय रुपियाँका दरले बिक्री भईसकेको छ भने अर्को लटको च्याउ उत्पादन भईरहेको छ ।

पढ्दै गरेका बिद्यार्थीहरुलाई श्रम र सीपसँग जोड्दै पढाइ खर्च आफै जुटाउने यस कार्यक्रमको उद्धेश्य रहेको क्याम्पस प्रमुख मल्लले जनाउनुभयो । 
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मनिराज बटालाले बिद्यार्थीहरुले आफ्नो कापी, कलम र अन्य व्यक्तिगत खर्च आफै जुटाउन सक्ने भएको बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमले बिद्यार्थीहरुमा सीप र लगनशीलताको विकास समेत भएको देखिन्छ ।

यसका साथै बिद्यार्थीहरुमा श्रमप्रति सम्मान गर्ने बानीको विकास भएको अध्यक्ष बटालाले उल्लेख गर्नुभयो । क्याम्पसले आगामी दिनहरुमा यस कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने योजना बनाएको उहाँले जानकारी दिनु भएको छ । 

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button