समाचार

आगलागी डरलाग्दो गरि फैलियो

रुकुमपश्चिम, चैत ३० गते । पछिल्लो समय रुकुम (पश्चिम)का विभिन्न स्थानमा दिनहुँ आगलागी हुने गरेको छ । आगलागीबाट सबैभन्दा बढी सामुदायिक वन क्षेत्रमा क्षति भएको बताएको छ । डिभिजन वन कार्यालय रुकुम(पश्चिम)का अनुसार चैत महिनाको पहिलो हप्तापछि दिनहुँ आगलागीका घटना बढी रहेका छन । 

डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले चैत महिनाको पछिल्लो १९ दिनमा विभिन्न २२ स्थानमा डढेलो लागेको जानकारी दिनुभयो । उहाँका अनुसार गर्मीयाम सुरु भएयता रुकुम(पश्चिम)का २७ वटा सामुदायिक वनमा डढेलो लागेको छ । त्यसमध्ये चैत महिनामा मात्रै २२ स्थानमा डढेलो लागेको हो ।

 पुरानो खर जलाएमा नयाँ घाँसको पालुवा पलाउने भन्ने गलत अभ्यास गाउँघरमा रहेको र बाटोमा हिँड्ने बटुवाले चुरोटको ठुटा जथाभाबी फाल्दा आगलागीका घटना हुने गरेको बताउनु भएको छ । डढेलोबाट करिब ५५० हेक्टर क्षेत्रफलमा लगाइएका विभिन्न प्रजातिका बोटबिरुवा क्षति भएको बन डिभिजन कार्यलय प्रमुख परियारले जानकारी दिनुभयो छ ।

सबैभन्दा बढी जिल्ला सदरमुकाम रहेको मुसीकोट नगरपालिका र बाँफीकोट गाउँपालिकाको क्षेत्रमा डढेलोका घटना भएका छन् । मुसीकोट र बाँफीकोटका १२ वटा स्थानमा डढेलो लागेको छ । आठबिसकोट नगरपालिका ,सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको वन क्षेत्रमा पनि डढेलोका घटना भएका छन् । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार बढी मात्रामा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ । केही राष्ट्रिय वन र निजी खर क्षेत्रमा पनि डढेलो लागेको छ । डढेलोबाट हालसम्म सात हजार बढी विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको बताउनु भएको छ । 

नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, डिभिजन वन कार्यालयका कर्मचारी, वनका उपभोक्ता मिलेर डढेलो नियन्त्रणमा लिने गरिएको छ । सानीभेरी गाउँपालिका–३ को गुमाखोला सिम्तारा सामुदायिक वन क्षेत्रमा फैलिएको डढेलो तीन दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । यस क्षेत्रबाट मौराखारा वन क्षेत्रमा डढेलो फैलिएकाले सतर्क रहन र आफ्नो ज्यानधनको सुरक्षा गर्न डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । वनमा डढेलो अत्यन्तै ठुलो भएकाले डिभिजन वनका कर्मचारी, प्रहरी र स्थानीयवासी समेतले प्रयास गर्दा पनि नियन्त्रण गर्न नसकिएको बताउनु भएको छ । 

अस्थाई आवासमा आगलागी

रुकुम(पश्चिम)को आठबिसकोट नगरपालिका वडा नं२ स्यालामा धन बहादुर बोहराको काठबाट निर्माण गरिएको घरमा रहेको पसल,होटेलमा रहेको सम्पुर्ण समान् नष्ट भएर ३५ लाख बराबर क्षति भएको शिव रसाइलीले जानकारी दिनु भएको छ।आगलागी पीडित धन बहादुर बोहरा विभिन्न देश बिदेशबाट आर्थिक सहयोग आइरहेको छ।

त्रिवेणी गाउँपालिका–५, घोरनेटीका चन्द्रकला घर्तीको अस्थायी टहरामा आगलागी भएको छ । वडाध्यक्ष रनबहादुर पुनका अनुसार मङ्गलबार बेलुका खाना पकाउने क्रममा चलेको हावाहुरीका कारण टहरामा आगो सल्केको हो । कात्तिक १७ को जाजरकोट भूकम्पका कारण घर क्षति भएपछि घर्तीको सात जनाको परिवार अस्थायी टहरामा बस्दै आएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो । आगलागीबाट टहरासहित त्यसमा रहेका अन्नपात, लत्ताकपडा, नागरिकता, जन्मदर्तालगायतका कागजात, करिब दुई लाख बराबरको सामग्री जलेर नष्ट भएको बताइन्छ । 

आगलागीपीडित घर्तीको परिवारलाई वडा कार्यालयले तत्कालका लागि एक बोरा चामल, एक पेटी तेल, पाँच किलो दाल, पाँच पोका नुन सहयोग गरेको जनाइएको छ । 

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button