समाचार

सिन्धुलीमा बम विस्फोट।

२९ चैत, रुकुम । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विनोद शर्माले जानकारी दिएका छन ।

विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको एसपी शर्माले बताएका छन। घटनाको जिम्मा पनि कुनै पनि बिद्र्ही राजनीति दलहरुले पनि लगेका छैनन।विस्फोट गर्नेहरू अहिलेसम्म पक्राउ नपरेको जानकारी दिदै घटनाको अनुसन्धान भैरहेको बताएका छन।

यसअघि २ चैतमा पनि सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button