समाचार

रुकुमका स्थानीय सरकारहरु बेरुजु बेथिति र भ्रष्टाचार ब्यस्त-

रुकुम पश्चिमका- स्थानीय तहको बेरुजु ३२ करोड बढी देखिएको छ । महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लाका ६ वटा पालिकाको बेरुजु अर्थात् नियम सङ्गत खर्च नभएको रकम ३२ करोड ९८ हजार देखिएको छ । यो कुल लेखापरीक्षण गरिएको रकमको १८.४ प्रतिशत हो । 

उक्त वर्ष १० अर्ब ११ करोड ६७ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३२ करोड ९८ लाख बेरुजु निस्किएको हो । गत आर्थिक वर्षमा आर्थिक वर्ष २०७८/०७९ को तुलनामा बेरुजु बढेको छ । 

महालेखापरीक्षकको ६० र ६१ औँ प्रतिवेदनलाई तुलना गर्दा गत वर्ष ५.०२ प्रतिशत अर्थात् १२ करोड ८७ लाख ४३ हजारले वृद्धि भएको छ । यद्धपि गत वर्ष लेखापरीक्षण गरिएको रकम बढी हो । आर्थिक वर्ष २०७८/०७९ मा ९ अर्ब ८ करोड ९६ लाख ५८ हजार रकमको लेखापरीक्षण गर्दा १९ करोड १३ लाख ५५ हजार बेरुजु निस्किएको थियो। भ्रष्टाचार बेथिति यो अरु के हुनसक्छ र?

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button