समाचार

ताइवानको संसदमा कुटाकुट हुदा संसदहरु हस्पिटल भर्ना भएका छन।


ताइवानको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ।
शुक्रबार संसदका कार्यविधिहरुमा सुधार गर्ने विधेयकलाई छलफल गरी भोटिङबाट पास गराउने कार्यसूची थियो।

११३ सदस्यीय संसदमा विधेयक पास गर्न मतदान सुरू हुनुअघि डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डिपिपी) र विपक्षी दल कुओमिन्ताङ पार्टी र ताइवान पिपुल्स पार्टी(टिपिपी)का सांसदहरुबीच म झडप भएको हो।

विधेयक पास हुन नदिनका लागि डिपिपीका सांसदहरूले सभामुखको पोडियम घेरेका थिए। त्यसपछि विपक्षी दलहरूका सांसदहरूले उनीहरूलाई धकेलेर त्यहाँबाट हटाउने प्रयास गरेका थिए।

ताइवानी मिडियाहरू अनुसार डिपिपीका सांसद कुओ वेनले विधेयकको फाइल नै बोकेर भाग्न खोजेपछि सांसदहरूबीच विवाद भएको थियो।

त्यसक्रममा दुई दलका सांसदहरुबीच भनाभन हुँदै हानाहान भएको थियो। उनीहरुबीच मुक्का हानाहान देखि एकले अर्कालाई समात्दै पछार्दै गरेको दृश्यहरू पनि सार्वजनिक भएका छन्। 


झडपमा डिपिपीका सांसद पुमा शेन घाइते भएका छन्। उनलाई संसद भवनबाटै स्ट्रेचरमा राखेर बाहिर बाहिर एम्बुलेन्ससम्म पुर्‍याइएको थियो।

शेनको नेशनल ताइवान युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको ताइवानी सञ्चाराध्यमहरूले उल्लेख गरेका छन।

डिपिपीका अर्का सांसद चुआङ जुइ सियोङ लगायत केही सांसदहरू पनि अस्पताल भर्ना भएका छन्।

ताइवानका राष्ट्रपति लाइ चिङ ते ले पदभार गर्नुअघि संसदमा मुठभेड भएको हो।

लाइ चिङ ते गत पुसमा ताइवानको राष्ट्रपति निर्वाचित भएका थिए। उनले सोमबार पदभार ग्रहण गर्दैछन्।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button