समाचार

बबई नदिमा डुबेर सल्यानमा दुई जनाको मृत्यु-

सल्यानकाे कालिमाटी गाउँपालिका ७ सल्यानथरी स्थित बबई नदिमा पौडी खेल्न क्रममा डुबेर २ जनाकाे ज्यान गएकाे छ ।

शनिबार कालिमाटी गाउँपालिका वडा नं. ७ सल्यानथरी बस्ने अन्दाजी ३७ वर्षका दिल बहादुर कार्की र साेहि गाउँका प्रकाश परियारको छोरा अन्दाजी ५ वर्षीय सुवास परियारकाे बबई नदिमा नुहाउन (पौडी खेल्ने) क्रममा डुबेर मृत्यु भएकाे हाे ।

उनिहरु दिउँसाे ४ बजे आ-आफ्नो घरबाट बबइ नदिमा नुहाउन गएकोमा अबेरसम्म घरमा नफर्केपछि स्थानियहरुले प्रहरी चौकी घुईयावारी सल्यानमा खबर गरेका थिए । त्यसपछि प्रहरी र स्थानियहरुले खोजतलास गर्दै जाँदा राती साढे ११ बजे नदिमा फेला पारेर दुबै जनालाई उद्धार गरी औषधी उपचारको लागि भेरी अस्पताल नेपालगंञ्ज पुर्याएका थिए ।

तर अस्पताल पुग्दा डाक्टरले मृत्युको घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । अहिले दुबै जनाकाे शव भेरी अस्पताल नेपालगञ्जको शवगृहमा राखिएकाे प्रहरीले जनाएकाे छ ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button