समाचार

पर्यटक पर्खिएर बसेको झारमारे भ्यु टावर-✍️शिव रसाइली

प्राकृतिक सौन्दर्यले सजिएको झारमारे एक पर्यटकीय सम्भाव्यता बोकेको स्थान हो ।झारमारे उक्लिदा नजिकैबाट शितल सिस्ने हिमाल आँखामा सजाउन सकिन्छ । दिमागमा चित्रीपाटनको चित्र सुरक्षित गर्न पाइन्छ। र उचाइको आनन्द अगांलो भरी भर्न पाइन्छ ।

बुकि फुलका बुट्टाहरुको अनुपम कलाले भरिएको जलजला चौर,पश्चिमबाट पुर्व तर्फ लम्किएको अचम्मको खोला पनि पर्यटकीय आकर्षणका सम्भावनाहरु हुन् । यसका अलावा रुकुम जिल्लाका अधिकांश स्थानहरुको दृष्यावलोकन गर्न सकिने स्थान पनि हो यो । झारमारे सिजनमा लालिगुराँसहरुको रंगले मनै रङ्गिन बनाइदिन्छ सिस्ने हिमालको काख पहाडा गाउँको काँडाँ दह पुगेपछि फर्किन मन मान्दैन।

यहाँ पर्यटकिय सम्भाव्यता छ तर पुर्वाधारको अभाव छ । यहाँको पर्यटकिय सम्भाव्यतालाई मनन गर्दै डिभिजन बन कार्यालय रुकुम पश्चिमले पहिलो पटक यो सम्भावना उजागर गर्ने कोसिस गरेको छ । कोसिसको रुपमा दस लाख लागतको प्रवेश द्वार,प्रतीक्षालय र झारमारे भ्यु टावरनिर्माण गरिएको छ ।

सदरमुकाम मुसिकोट खलंगाबाट यात्रा सुरु गरेर बाफिकोटको छिनखेत हुँदै बाफिकोट – आठबिसकोटको सिमाना नदुवा पुगेर नदुवा – खदी लम्किएको राप्ती लोकमार्ग हिडेर झारमारे पुग्न सकिन्छ । नदुवा र झारमारेको दुरि ५/६ किलोमीटर मात्रै टाढाको हो भने मुसिकोट झारमारेको दुरि अन्दाजी ४०/५०किलोमिटरको हो ।

पर्यटन लोभ्याउन बनेको भ्यु टावरले उस्तो पर्यटक तान्न भने सकेको छैन । दोष भ्यु टावरको होइन,दोष सडकमार्गको हो ।झारमारे हुँदै खदी सम्म सडक पुगे पनि बाह्रै महिना सहज ढंगले चल्ने सडक नहुदा यो क्षेत्रमा पर्यटकिय घनत्व बढ्न सकेको छैन ।

झारमारे मात्रै नभएर यो क्षेत्रका स्यालाखदी ,गोतामकोट,चित्रीपाटन लगायत क्षेत्रले पर्यटक पर्खिएर बसेका छन । चित्रीपाटन वलि बंशका कुलदेवताको उदगमस्थल मानिन्छ देशभरको करिब हजारौं वलि वंश र यसको अध्यन गर्न चाहाने अध्येयताहरुलाई यहाँ ल्याउन सके यो क्षेत्रको आर्थिक आय आर्जनमा पनि टेवा पुग्ने निश्चय छ । तर यी क्षेत्रको प्रबर्द्धन पहिलो आवश्यकता बनेको छ । जसका लागि स्तरिय सडक अनिवार्य भएको छ ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button