समाचार

घेत्माको छेपारेमा ट्याक्टर दुर्घटना-

रुकुम (पश्चिम)मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिका १४ घेत्माको छेपारे नजिकै शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर थप तीन जना घाईते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ट्याक्टर दुर्घटनामा परेर आठविसकोट नगरपालिका १४ निवासी ट्याक्टर चालक २२ वर्षिय विकास खड्का र सोहि वडाका १९ वर्षिय हरि आचार्यको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा परेर तीन जना घाईते भएका छन् । तीनै जना घाईतेलाई उपचारको लागि चौरजहारी मिसन अस्पताल तर्फ पठाईएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको पहिचान भने खुलेको छैन ।   

प्रहरीका अनुसार आठविसकोटको पिपलचौरबाट जाजरकोटको रिम्नातर्फ आउँदै गरेको ट्याक्टर सडकबाट करिब ७० मिटर तल रहेको ठुलीभेरीमा खसेको हो । ट्याक्टर भेरी नदिमै रहेकोले नम्वर खुलेको छैन । 

उक्त ट्याक्टरमा चालकसहित पाँच जना चढेको बताईएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button