समाचार

प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा माधव नेपाललाई असहज र फेरि भयो अपमान।


रुकुम (पश्चिम्): नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन्। 

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको  गठबन्धनमा आफूहरुलाई असहज भएको उल्लेख गरे।

उनले वर्गीय शत्रु र मित्र छुट्याएर अगाडि बढ्नुपर्ने स्पष्ट पारे। ‘नेपालको राजनीतिक जटिल छ। गठबन्धन जुट्ने र फुट्नेक्रम जारी छ। कति दिन यो गठबन्धन टिक्ने हो? त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ, म भन्न सक्दिनँ। हामी सहज ठानिरहेका छैनौं।’ उनले भने, ‘कसैका धाकधम्की, गाली गलौच सुन्न हामी राजनीतिमा लागेका होइनौं, कसैको दास बन्न हामी राजनीतिमा आएका होइनौं।’

 उनले कम्युनिष्ट आन्दोलन लोकतन्त्रको संवाहक भएको बताए। 

‘लोकतन्त्रको झण्डा अझै बुलन्द गर्नुपर्छ।’नेपालले भने, ‘जनताका जनजीविकाको सबाल हामीसँग जोडिएको छ। जनताको पक्षमा हामी लाग्नुपर्छ। कम्युनिष्ट जनतासँग एकाकार हुन सक्नुपर्छ। परिवर्तनको संवाहक जनता हुन् भन्ने सन्देश प्रवाह नगरेसम्म कम्युनिष्ट आन्दोलन सफल हुँदैन।’

नेपालले कम्युनिष्ट नेताहरु सुविधामुखी हुन थालेको भन्दै असन्तुष्ट व्यक्त गरे।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button