समाचार

आगोको युद्ध रोक्न मुस्किल गयो एक जनाको ज्या-

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ दारकाट्यामा आगलागी हुँदा एक नागरिकको मृत्यु भएको छ । 

आईतबार दिउँसो ३ बजेतिर ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षिया बुदि कामीको मृत्यु भएको छ। 

वडा अध्यक्ष तिलबिर केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो । वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले ६ वटा घर जलेर नष्ट भएका छन् । 

अहिलेसम्म आगो नियन्त्रण हुन नसकेको वडा अध्यक्ष केसीले बताउनु भयो छ। स्थानीय वासी र ईलाका प्रहरी कार्यालय बाँफिकोटबाट गएको प्रहरी टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । 

आगलागीबाट थप घरहरुमा समेत क्षति हुने अवस्था रहेको बताईएको छ । घरहरुमा आगलागी हुँदा भएको क्षतीको विवरण भने अझै संकलन हुन सकिरहेको छैन । 

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button