हेल्प पोस्ट

राष्ट्रिय क्लब भलिबल : हेल्प नेपाल समूह विजेता

टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ समूह विजेता बन्न सफल भएको छ।

क्वाटरफाईनल प्रवेश गरिसकेको समूह ‘डी’मा रहेको हेल्प नेपालले समूह चरणको तीनै खेलमा जित निकाल्दै ९ अंकका साथ समूह विजेता बनेको हो। आज भएका खेलमा हेल्प नेपालले मधेस प्रदेशलाई २५–१८, २५–२२ र २५–८ ले पराजित गरेको हो।

यस्तै सोही समूहबाट समूह उपविजेताको रुपमा बागमती प्रदेशको केशवलाल स्मृती भलिबल प्रशिक्षण केन्द्र क्वाटरफाईनल प्रवेश गरेको छ। तीन खेलमा २ जित र एक हार ब्यहोरेको केशवलाल स्मृतीको ६ अंक रहेको छ। आज भएको खेलमा केशवलाल स्मृतीले बुढानिलकण्ठ भलिबल क्लबलाई २७–२५, २५–१८ र २५–१६ ले पराजित गरेको हो।

समूह ‘सी’तर्फ गण्डकी प्रदेश समूह उपविजेता बन्दै क्वाटरफाईनल प्रवेश गरेको छ। गण्डकीले तीन खेलमा दुई खेल जित्दै ६ अंकका साथ क्वाटरफाईनल यात्र तय गरेको हो। गण्डकीले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१२, २५–९ र २५–१० ले पराजित गर्न सफल भएको हो। यस समूहमा तीनै खेलमा जित निकाल्दै नेपाल पुलिस क्लब टिम बिजेता बनिसकेको छ।

यस्तै महिला तर्फको समूह ‘ए’को खेलमा समूह विजेता र उपविजेताको छिनोफानोका लागि भएको प्रतिस्पर्धामा पुलिसले विजेताको उपाधी हात पार्‍यो। आज सम्पन्न खेलमा साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो। पुलिसले न्यू डायमण्डलाई २५–२२, २२–२५, २५–१४, २३–२५ र १५–१० को संघर्षपूर्ण जित निकालेको हो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला समूह ‘बी’ को खेलमा एपिएफले वियय प्राप्त गरेको छ। एपिएफको यो लगातार दोश्रो जित हो। पहिलो खेलमा गण्डकी प्रदेशलाई जितेको एपिएफले आज कृष्ण सेकेन्डरी एकेडेमीमाथि २५–४, २५–६ र २५–३ को सहज जित निकाल्दै ६ अंकका साथ सेमिफाईनलमा स्थान बनाउन सफल भएको हो। अव समूह विजेता र उपविजेताको टुङ्गो भोली आयोजना हुने सेना र एपिएफको प्रतिस्पर्धाबाट लाग्ने छ।

sujan

"Sujan: Web Developer from Gorkha, Nepal working as Freelancer."

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button